Logo

पशुपतिनाथको कसम खाँदै मिनबहादुर गुरूङले भने : ‘भाटभटेनीमा प्रचण्डको लगानी छैन’ (भिडिओसहित)



काठमाडौं, १६ साउन । भाटभटेनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीन बहादुर गुरुङले भाटभटेनीमा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नै कुनै घनिष्ठ सम्बन्ध नभएको र अहिलेसम्म जम्मा दुई पटक मात्रै भेट भएको स्पष्ट पारेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भाटभटेनीमा कुनैपनि नेताको लगानी नरहेको पनि जिकिर गरे । उनले भगवान श्री पशुपतिनाथको आफू अनुयायी भएको सुनाउँदै भाटभटेनीमा प्रचण्डको लगानी नभएको भन्दै पशुपतिनाथको किरिया–कसमपनि खाएका थिए ।



प्रतिक्रिया दिनुहोस्