Logo

सुशान्तको मृत्युपछि रियाले प्रयोग गरिन् उनको फोन ? कंगनाले दिइन् प्रमाण



एजेन्सी, १६ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुुतको आत्महत्याको केस तिव्ररुपमा चलिरहेको छ । यस विषयमा समस्या हल हुन भन्दापनि झन् जटिल बन्दै गएको छ । सुशान्तका पिता केके सिंहले छोराको निधनको करिब ४५ दिनपछि एफआईआरमा मुद्दा दिएका छन् । उनले एफआईआरमा रिया र उनको परिवारमाथि गम्भीर आरोप लगाएर मुद्दा हालेका हुन् ।

सुशान्तको निधनलाई लिएर बलिउड अभिनेत्री कंगना रनोटले सामाजिक सञ्जालमा लगातार आफ्नो भनाई राख्दै आएकी छिन् । उनले रिया चक्रवर्ती र चलचित्र उद्योगका केही व्यक्तिहरुमाथी आरोप लगाउदै आएकी छिन् । आज उनले एक पोस्ट गरेर सबैलाई आश्चर्यमा पारेकी छिन् ।

सुशान्तको निधनपछि कंगनाले लगातार खुलेर कुरा गर्दै आएकी छिन् । आज वास्तवमा एक युजरले स्क्रीनशट सेयर गर्दै सुशान्तले सामाजिक सञ्जालमा आलिया भट्टको फलो गर्दै रहेका थिए । हाल यसमा कुनै गलत कुरा होइन, तर यो गतिबिधी सुशान्तको निधन भएपछि भएको देखिन्छ । यसलाई जो कसैले पनि एक पटक सोच्न बाध्य हुन्छ । यस कुरालाई लिएर कंगना रनोटले सामाजिक सञ्जालमा बयान दिएकी छिन् ।

कंगनाको टिमले ट्विटर एकाउन्टमा ट्विट गरेका छन् । उनले उक्त ट्विटलाई रिट्विट गर्दै लेखेकी छिन्, ‘अब त सुशान्तको लागि सीबीआईले अनुसन्धान गर्नु आवश्यक छ । रियासँग सुशान्तको सबै ग्याजेट छ । महेश भट्टको आलिया भट्टलाई फलो गर्नु आदेश आएको हुनसक्छ । सुशान्तको कति धेरै पोस्ट पनि डिलिट भएका थिए ।’



प्रतिक्रिया दिनुहोस्