Logo

सुनको भाउ दुई वर्षमा प्रतितोला दुई लाख रुपैयाँ पुग्ने (कारणसहित)



सचिना बाँनिया, १६ साउन । के तपाईंसँग सुन पर्याप्त मात्रामा छ ? यदि छ भने तपाईंसँग अबको दुई वर्षमा सम्पत्ति बढेर दोब्बर पुग्नेछ । किनभने अबको दुई वर्षमा सुनको भाउ दोब्बरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ ।

विश्व बजारमा प्रति आउन्स सुनको मुल्य १९७५ डलर छ । एक आउन्समा २८.३४ ग्राम हुन्छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य यति पुग्दा नेपालमा प्रतितोला एक लाख रुपैयाँको हाराहारीमा छ । एकजना सुनसम्बन्धी कारोबारका जानकारले अबको दुई वर्षमा प्रति आउन्स मुल्य बढेर ३५ सय डलर कट्ने अनुमान गरेका छन् । मार्टिन प्लेस सेक्युरिटीका कार्यकारी निर्देशक बेरी डवेसले सीएनबीसीसँगको कुराकानीमा अबको दुई वर्षमा सुनको मुल्य अहिलेभन्दा दोब्बर हुने प्रक्षेपण गरेका हुन् ।

अबको दुई वर्षमा डलरको भाउ नेपाली रुपैयाँका तुलनामा बढी हुने निश्चितप्रायः छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य नै अहिलेभन्दा दोब्बर भएमा प्रतितोला दुई लाख रुपैयाँ पुग्ने अवस्था आउने देखिन्छ ।

नेपालमा सुनको आयात ठप्पप्रायः भएको र बजारमा माग पनि कम भएको अवस्थामा पनि किन भाउ निरन्तर उकालो लागिरहेको छ ? यसबारे यहाँ चर्चा गरिएको छ । सुनको भाउ बढ्नुको कारण नेपाली बजार नभई अन्तर्राष्ट्रिय बजार मुख्य कारण हो ।

सुनको मुल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्नु मुख्य कारण हो । यो तेल जस्तो खपत हुने वस्तु होइन । तर, यसको आफ्नै महत्व छ । सुनको उत्पादन निरन्तर घट्दै गएकाले पनि माग बढिरहेको छ । यसले पनि मुल्य निकै उकालो लागेको छ ।

मुद्रास्फीतीका कारण पनि सुनको भाउ बढेको छ । जसका कारण धेरै मानिसहरु सुनमा लगानी गर्न थालेका न् ।

बैंकहरुमा ब्याजदर घटेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर आर्थिक मन्दी आएको छ । बैंकहरुले निक्षेपमा ब्याज घटाएका छन् । जसका कारण मानिसहरु बैंकमा पैसा राख्नेभन्दा सुनमा लगानी गर्न थालेका छन् ।

सुनलाई प्रकोप र युद्धका बेलामा सुरक्षित वस्तुका रुपमा लिइन्छ । युद्ध र महामारीमा जग्गा जमिन बोकेर जान सकिदैन । धेरै पैसा बोकेर जान पनि कठिन हुन्छ । सुन भने सुरक्षित भएकाले युद्ध र महामारीका बखत मानिसहरु लगानी गर्दछन् ।

नेपाल र भारतलगायत कतिपय मुलुकमा विवाह तथा विभिन्न संस्कारमा सुन प्रयोग गरिन्छ । त्यसैले चाडपर्व तथा संस्कार कार्यमा सुनको माग बढी हुँदा मुल्य बढ्छ ।

सुनको आयात गर्दा डलर तिरेर गर्नुपर्छ । डलरको भाउ निरन्तर उकालो लाग्दा सुनको भाउ पनि बढेको हो । Source: https://www.cnbc.com



प्रतिक्रिया दिनुहोस्