Logo

आफन्तको डेरामा लुकिछिपि बसेका हत्याका अभियुक्त पक्राउ



ललितपुर, १६ साउन । हत्यामा संलग्न रहेको अभियोगमा सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामाङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशीमै बस्दै आएका मैनाली पक्राउ परेका हुन् ।

घटनामा संलग्न रही फरार रहेका मैनालीलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्