Logo

गाँजासहित दुई जना पेप्सीकोलाबाट पक्राउ



काठमाडौं, १६ साउन । तीन किलो गाँजासहित २ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । काठमाडौं पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पेप्सीकोला बस्दै आएका धादिङका निरज तामाङ समेत २ जना छन् । उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध सहित महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्