Logo

नौंजना जुवाडे पक्राउ



भक्तपुर, १६ साउन । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । चाँगुनारायण फैढोकास्थित सरोज थापाको कुखुरा पालनकालागि बनाएको टहरामा तास खेलिरहेको अवस्थामा भक्तपुर कमलबिनायकका काभ्रे सागर लामिछाने लगायत ९ जनालाई नगद ३ लाख ३८ हजार ३ सय ३५ रुपैयाँ र ९ बुक ताससहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्