Logo

बन्दुक देखाई मार्छु भन्दै हिड्ने युवक पक्राउ



बाजुरा, १६ साउन । भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बडिमालिका कोर्ध बस्ने माने खड्का १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति पक्राउ परेका हुन् ।

 

आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेका खड्कालाई जिल्ला बाजुराबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त बन्दुक सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्