Logo

अमृताको नयाँ गीत ‘ए हजुर’ को भिडिओ सार्वजनिक



काठमाडौं, १६ साउन । अमृता भट्टको नयाँ गीत ‘ए हजुर’ बोलको म्युजिक–भिडिओ सार्वजनिक भएको छ । शिला लामा र सिद्धार्थ घिमिरेको स्वर रहेको उक्त गीतमा अमृता र एलेक्स बजगाँईको अभिनय रहेको छ । गीतको छायांकन मुस्ताङमा गरिएको जनाईएको छ ।
गीतमा संगीत ओम सुनारले भरेका छन् भने रेकर्डिङ तथा मिक्सिङ अमृतकुमार भट्टले गरेका हुन् । भिडिओको निर्देशन भने दिनेश माङ्मुले गरेका छन् । मुकेश हुमागाँईको छायाँकन रहेको उक्त भिडिओको सम्पादन प्रकाश एस.केले गरेका हुन् । भिडिओ अमृता भट्ट नामक ‘युट्युब–च्यानल’ मार्फत आज (शुक्रबार) सार्वजनिक गरिएको हो ।

भिडिओ :



प्रतिक्रिया दिनुहोस्