Logo

भगवान शिवको मन्दिरमा पुजा गर्दा श्राप मिल्ने



देश र विदेशमा जति पनि मन्दिर छन् सबै भगवान र मन्दिर प्रति भक्तजनहरुले आस्था राख्छन् । भगवानको भक्तहरुले पिडाबाट मुक्ति पाउन, सुख, शान्ती र समृद्धि पाउनको लागि मन्दिर जान्छौ । तर आज हामी आज यस्तो मन्दिरको बारेमा कुरा गर्छौ जहाँ पुजा गर्नेले आर्शिवाद नभई श्राप प्राप्त हुन्छ ।

यो एउटा भगवान शिवको मन्दिर हो । यो भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा अवस्थित छ । मन्दिरमा भगवानको स्थापना भएपनि कसैले पुजा गर्दैनन् । त्यहाँका मानिसहरु श्राप लाग्ने डरले शिवले श्राप दिने भएको विश्वास गर्दै पुजा गर्न डराउछन् । शिवको मन्दिर बनाएर राखेको भएपनि हालसम्म तर शिवको प्राण प्रतिष्ठा गरेकै छैनन् ।

हाल मन्दिरको अवलोकन गर्नलाई मानिसहरु टाढा टाढा बाट आउँछन् तर पुजा भने गर्दैनन् । मानिसहरुले मन्दिरको बनावट हेरेर फर्कने गरेका छन् जसलाई एक मात्र हात भएका एक व्यक्तिले (शिल्पकार) ले मात्र निर्माण गरेको कारण मन्दिर झन चर्चित रहेको छ र उक्त मन्दिरको नाम हथिया देवाल राखिएको विश्वास मानिएको छ ।

चट्टानलाई फोरेर शिव लिंगको निर्माण गरेका थिए । मन्दिरमा पुजा नगर्नुको कारण मन्दिर बनाउने मुर्तिकारले शिवलिंग गलत दिशामा स्थापित गरेकाले शिवलिंगको पुजा गरे दोष मानिन्छ । विपरित दिशामा शिवलिंगको पुजा फलदायक नहुने र कष्टदायी मानिन्छ । त्यहाँ आएका मानिसहरुले पुजा गर्दा दोष लाग्ने भएको कारण देखाउँदै पुजा गर्न नहुने बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्