Logo

पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित



काठमाडौँ, , १६ साउन । पशुपति क्षेत्र विकास कोषले अघि सारेका एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित बनेका छन्।

पशुपति क्षेत्र आसपासका प्राचीन बस्ती विस्थापित गर्नेगरी उक्त योजना ल्याइएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित बनेका हुन्। स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनाश हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन्।

पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मिक महत्त्वबीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयले माग गरेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्