Logo

बामदेवको घरको भित्तामा राजा महेन्द्र र वीपी कोइरालाको पनि तस्बिर



काठमाडौं, १६ साउन । यो हप्ता भैंसेपाटीस्थित बामदेव गौतमको निवास निर्क चर्चामा आयो । हत्तपत्त सिंहदरबार पनि नजाने प्रधानमन्त्री केपी शर्मा ओली साँझ डिनर खाने गरी बामदेव निवासमा पुगे । पारिवारिक भेटघाट गरे ।

गौतम निवासमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य अलावा विष्णु पौडेल पनि पुगेका थिए । त्यहाँ को को पुगे भन्नेमा मात्र ध्यान गएन निवासको सजावटमा पनि ध्यान गयो । भित्तामा क कस्को तस्बिर राखिएको थियो त्यसबारे पनि धेरैले चासो दिए ।

गौतमले निवासको भित्तामा विदेशी नेताहरुको मात्र तस्बिर राखेको प्रसंग उठ्यो । कार्ल मार्क्स, लनिन, चे ग्वेभाराको तस्बिर पनि देखियो । महात्मा गान्धीको तस्बिर स्पष्ट देखिन्थ्यो । अब्राहम लिंकन र जोन एफ केनेडीको तस्बिर पनि देखिन्थ्यो । तर, बाँकी तस्बिर देखिएको थिएन ।
उनको निवासमा हो चि मिन, देङ स्याओ पिङ, लि क्वान देखि मदर टेरेसाको तस्बिर पनि झुण्ड्याइएको छ । कम्युनिस्ट नेताहस्को एकातर्फ भित्तामा र गैर कम्युनिस्ट नेताहरुको अर्को कोठामा तस्बिर झुण्ड्याइएको छ । उनले बुद्धको तस्बिर पनि विशेष महत्वका साथ राखेका छन् ।
गौतम निवासमा सेन्ट्रल एसी पनि जडान गरेको सानदार कोठा देखिन्छ । कम्युनिस्ट नेताको सानदार कोठामा भित्तामा विदेशी नेताको मात्र राखेको भनिइरहँदा त्यहाँ अन्य नेताहरुको पनि तस्बिर रहेछ जसलाई बामदेव खुबै मन पराउँदा रहेछन् ।

बामदेव गौतमको घरको भित्तामा राखिएको महान व्यक्तित्वहरुको तस्बिर

गौतमको आस्था र सम्मानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुमध्ये नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको तस्बिर पनि छ । कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितका अलावा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको तस्बिर पनि राखिएको छ ।

रोचक पक्ष यो छ कि गौतमले स्वर्गीय राजा महेन्द्रको तस्बिर पनि झुण्ड्याएका छन् । महेन्द्रको तस्बिर पृथ्वीनारायण शाहको नजिकै राखेका छन् । महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारमाथि कू गरेर ३० वर्ष लामो पञ्चायती शासनको शुरुवात गरेका थिए । महेन्द्रको परिचय राष्ट्रवादी नेताका रुपमा पनि छ ।

महेन्द्रको तस्बिर छेवैमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिर छ । बुद्धको तस्बिर मुनी वीपी कोइरालाको तस्बिर पनि राखेका छन् । कोइराला नेपाली काँग्रेसका संस्थापक नेता हुन् । कम्युनिस्ट नेता भइकन गौतम वीपीलाई निकै सम्मान गर्छन् । उनले वीपीलाई राष्ट्रवादी र समाजवादका चिन्तकका रुपमा लिने गरेका छन् ।

बामदेव निवासको भित्तामा सिंगापुरे विकासका सर्जक लि क्वानको तस्बिर पनि छ । अब्राहम लिंकनको तस्बिर माथिल्लो स्थानमै राखेका छन् । अमेरिकाका हत्या गरिएका राष्ट्रपति जोन एफ केनेडीको तस्बिर पनि छ । मदर टेरेसाको तस्बिर पनि झुण्ड्याएका छन् ।

एकातर्फको भित्तामा बुद्धको तस्बिरलाई माथिल्लोतर्फको बीचको भागमा राखिएकोमा अर्कोतर्फ कार्ल मार्क्सको तस्बिरलाई सबैभन्दा माथि राखेका छन् । सोही भित्तामा ठिक मुनी तत्कालिन नेकपा एमालेका नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितको तस्बिर एउटै लहरमा झुण्ड्याएका छन् । उनीहरुको दायाँबायाँ रुसी नेता भ्लादिमिर लेनिन र क्युबाका कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको तस्बिर झुण्डिएको छ । सोही तर्फको भित्तामा भारतको स्वतन्त्रता संग्रामका नायक डा. सुभाषचन्द्र बोस, नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी वर्णभेदविरोधी नेता नेल्सन मण्डेलाको तस्बिर देखिन्छ ।

कम्युनिस्ट योद्धा चे ग्वेभारा, अमेरिकाको रङ्गभेदविरोधी नेता डा. मार्टिन लुथर किङ, महात्मा गान्धी, चिनियाँ नेता देङ स्याओ पिङको तस्बिर झुण्ड्याएका छन् । यी सबै तस्बिरहरु बामदेवले सम्मान गर्ने नेता तथा महान व्यक्तिहरुको हो । उनले विशेष कोठा बनाएर यी तस्बिरहरु झ्ण्ड्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्