Logo

त्रिविको परीक्षा सर्ने, भदौको पहिलो साता परीक्षा मिति तोकिने



काठमाडौं, साउन १७ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा लिने ना नलिने टुङगो भदौ दोस्रो सातामा गर्ने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय , इन्जिनियरिङ अध्ययन संस्थान लगायत निकायले भदौको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएतापनि त्रिविले अहिलेनै परीक्षाको विषयमा निर्णय गर्नसक्ने अवस्था नभएको जनाएको छ ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले अहिले परीक्षाको मिति तय भएपनि सो मितिमा हुने वा नहुने भन्ने नभैससकेको बताए ।

उनले भने ,’भदौ १ गतेबाट लामो दुरीको सवारी साधान सञ्चालन भएपछि कति विद्यार्थी परीक्षाकेन्द्र वा क्याम्पसमा पुग्छन भन्ने विषयले परीक्षाको समय निर्धारण हुनेछ । ‘उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र बाढी पहिरोले गम्भीर असर पारेको कारण केही दिन परीक्षा सर्नसक्ने बताएका छन् ।

‘पहिला लामो दुरीको सवारी सञ्चालन भएपछि कति विद्यार्थी गन्तब्यमाम पुग्छन् सोही आधारमा परीक्षाको निर्णय गर्नेछौ’–उपकुलपति प्राडा वास्कोटाले भने । ‘अहिले परीक्षाको लागि तयार हुनुस् भदौ पहिलोसातबाट कस्तो अवस्था आउछ सोही अनुसार निर्णय गर्नेछौ’–उनले बताए ।

करिब एक साता अघि त्रिविले परीक्षाको मिति सार्वजनिक गरेपछि नेविसंघ लगायत विभिन्न विद्यार्थी संगठनले अहिलेको अवस्थामा तत्काल परीक्षा हुन नसक्ने जनाउदै सार्न माग गरेका थिए ।

स्वतस्फुर्त रुपमा लागेका विद्यार्थीले अहिलेको अवस्थामा परीक्षा सार्नुपर्ने धारणा राख्दै विभिन्न निकायमा ज्ञापनपत्र समुतच बुझाएका थिए ।

सरकारले भदौ १ गतेदेखि विद्यालय खुला गर्ने जनाएसंगै त्रिविले परीक्षाको तयारी गरेको थियो । तर चौतर्फी दबाब आएपछि त्रिविले विश्लेषण गरेर मात्रै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्