Logo

राजा महेन्द्रप्रति बामदेवको यसकारण सम्मान, घरको भित्तामा तस्बिर



काठमाडौं, १७ साउन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेवको परिचय राष्ट्रवादी नेताका रुपमा पनि छ । उनले विभिन्न समयमा राष्ट्रवादी धारको अभिव्यक्ति दिने र जोखिम मोलेर कदम चाल्ने गर्दै आएका छन् । महाकाली सन्धी गर्दा उनले त्यसको विरोध गरेर जुन कदम चाले त्यसले ठुलो मूल्य चुकाए । तर, उनी सही थिए भन्ने समयले प्रमाणित गर्दै लगेको छ ।

बामदेव कम्युनिस्ट नेता भएपनि अन्य विचारका नेता तथा व्यक्तिवप्रति सम्मान राख्छन् । उनी राजा महेन्द्रलाई राष्ट्रवादी मान्छन् । उनीप्रति सम्मान गर्छन् । त्यसैले उनको निवासको भित्तामा राजा महेन्द्रको तस्बिर छ । पञ्चायती शासन शुरु गरेपनि महेन्द्रका कतिपय कदमहरु राष्ट्रवादी थिए भन्ने बामदेवको मत रहेको बुझिएको छ ।

गौतम वीपी कोइरालाप्रति पनि सम्मान गर्छन् । वीपी काँग्रेसका संस्थापक नेता हुन् । तर, वीपीले देखाएको राष्ट्रवादी भावनाप्रति उनी सम्मान गर्छन् । वीपीको तस्बिर पनि उनको निवासको भित्तामा छ ।

उनको भित्तामा कम्युनिष्ट नेताको तस्बिर झुण्डिने नै भयो । तर, गैर कम्युनिष्टको पनि रहेको छ । जसमध्ये महात्मा गान्धी, अब्राहम लिंकन र जोन एफ केनेडीको पनि हुन् ।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई गौतम खुबै मान्छन् । उनको तस्बिर सबैभन्दा माथि र अगाडि छ । शान्तिका अग्रदुत गौतम बुद्धको तस्बिर विशेष स्थानमा छ । साहित्यकारहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटा उनका प्रीय हुन् । देवकोटोको तस्बिर पनि राखिएको छ । मदर टेरेसाको तस्बिर पनि झुण्ड्याएका छन् । भारतको स्वतन्त्रता संग्रामका नायक डा. सुभाषचन्द्र बोस, नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी वर्णभेदविरोधी नेता नेल्सन मण्डेलाको तस्बिर देखिन्छ । अमेरिकाको रङ्गभेदविरोधी नेता डा. मार्टिन लुथर किङलाई पनि गौतम खुबै मान्दारहेछन् ।



प्रतिक्रिया दिनुहोस्