Logo

आवश्कत्ता महशुस गरेर विराटनगरमा लकडाउन गरिएको हो : सहायक सिडिओ खड्का



मोरङका सहायक सिडिओ ध्रुवबहादुर खड्काले कोरोना संक्रमण ह्वात्तै बढेपछि महानगरपालिकाले आवश्कत्ता महशुस गरेर विराटनगरमा लकडाउन लगाईएको स्पष्ट पारेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहायक सिडिओ खड्काले यस्तो यस्तो बताएका हुन् । उनले भनेका छन्,‘नगरपालिकाले आवश्यकता महशुस गरेर लकडाउन गरेको छ । नेपाल सरकारको यातायात, स्वास्थ्यको मापदण्डलाई लिएर सुरु गरेको छ । हिजो नगरपालिकाले नगरक्षेत्रभित्र यीनै मापदण्ड पालना गरेर सबै बन्द गर्ने भनेर निर्णय गरेको छ ।’ प्रस्तुत छ सहायक सिडिओ खड्कासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

के छ हालखबर विराटनगरको ? फेरि पनि लकडाउन २ साताको लागि लगाउनुभयो नि ?

सि.सि.एम.सि ले नगरमा भीडभाड कम गर्न मापदण्ड तोकिकन आदेशहरू जारी गरेको छ ।

लकडाउनको आवश्यकत्ता थियो र विराटनगरमा ?

महानगरपालिकाले आवश्यकता महशुस गरेर लकडाउन गरेको छ । नेपाल सरकारको यातायात, स्वास्थ्यको मापदण्डलाई लिएर सुरु गरेको छ । हिजो महानगरपालिकाले नगरक्षेत्रभित्र यीनै मापदण्ड पालना गरेर सबै बन्द गर्ने भनेर निर्णय गरेको छ ।

मोरङको अवस्था के छ ? संक्रमण रोकथाममा तपाईहरू कत्तिको सफल हुनुभयो ?

हिजो संक्रमण देखिइरहेको छ । सुरुमा बढि देखिएको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूमा पनि संक्रमण देखिएको अवस्था छ । यो हप्ताको सुरुको कुरा गर्ने हो भने २२०० थियो, विस्तारै ११००, ९०० गरेर घट्दो क्रममा छ । तर अब टेस्ट बढाउने र सक्र्युट ब्रेक गर्ने अहिले जुन बढ्दै छ, त्यसलाई नियन्त्रण गर्न हामी लागेका हौ ।

अहिलेसम्म विराटनगरमा कति जनालाई संक्रमण भयो ? कति जनाको उपचार भयो ? मृतकको संख्या छ कि छैन ?

एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकामा हिजो ११३ र जिल्लाभित्र २०० क्रस भएको छ । प्रदेशभित्र यो जिल्ला १ नम्बर होइन । यो हप्तामा अलि बढी संक्रमण देखिएको छ । त्यसैले शहरमा बसोबास गर्नेहरूको मुभमेन्ट बढी हुने भएकोले फैलिन्छ कि भन्ने भय र त्रास जनतामा देखियो र अब जनताले नै बाहिर निस्कन हुँदैन, जिल्ला प्रशासनले नै कडाइ गरिदिओस्, मान्छेको भीडभाड नियन्त्रण गरिदिओस् भन्ने अपेक्षा राखेको पाइयो । त्यसैले हामीले जिल्ला सि.सि.एम.सि. को बैठक बसेर सुरक्षा, स्वास्थ्य, यातायात मापदण्ड कडाइका साथ लागू गर्न र नगर्नेहरूका लागि संक्रमण रोग नियन्त्रण ऐनको दफाअनुसार कारबाही गर्ने भनेर हामीले निर्णय गरेका छौँ । महानगरमा हामी भीड नियन्त्रण गर्ने गरी अगाडि बढिरहेका छौँ ।

लकडाउन खुकुलो भईसकेपछि कसरी कोरोना संक्रमण फैलियो ? के कारणले ? पारीबाट मान्छे आएर हो ?

पारीबाट केहीमा मात्रामा मान्छेहरू आए । उद्योग/धन्दामा काम गर्ने मान्छेहरूले अनुमति लिएर क्वारेन्टाइनमा बस्ने गरी केही मान्छेहरू आए । तर लामो सिमाना छ, मेचीदेखि कोही आएका हुन सक्छन् ।

सीमा पारी भारतबाट आइरहेका छन् ?

त्यसरी धेरै त होइन तर ससुराली गएर आएको मान्छेमा संक्रमण देखियो । लुकिछिपी आएको केही मान्छेहरूबाट स¥यो कि भन्ने आशंका गरिएको छ ।

तपाईले किन कडाइ गर्नुभएन सीमानामा ? किन सुरक्षाकर्मीहरू परिचालित गर्नुभएन ?

बोर्डरमा सुरक्षाकर्मीहरू व्यवस्था गरिएको छ । औपचारिक रूपमा कडाइ गरिएको छ र पारीबाट मान्छेहरू आएका छैनन् ।

त्यसो भए तपाईले सीमामा कडाइ गर्दागर्दै पनि मान्छेहरू लुकिछिपी आइरहेका छन् । अब रोकथामका लागि कदम लिनुपर्छ भन्ने जनताको माग छ । कोरोना रोकथाम, उपचारको लागि हस्पिटलमा कुनै समस्या छ कि छैन ? निजी अस्पतालले काम गरिरहेको छ ? सरकारी अस्पतालमा भेन्टिलेटरहरू सबै छ ?

अहिले यो कोरोनाको संक्रमण अस्पतालहरूमा पनि देखिएको भएर नेपालको जुन जुन ठाउँमा देखिएको छ, कतिपय ठाउँमा शिल्ड गरिएको अवस्था पनि छ । अस्पतालका लगभग बेडहरू पूर्ण हुन लागेका छन् । मन्त्रालयले बेडलाई वृद्धि गर्ने, आइसोलेसन भेन्टिलेटरहरूलाई वृद्धि गर्दै जाने निर्णय गरेको छ । अस्पतलामा नै आइसोलेसन सेन्टरहरू वृद्धि गर्नको लागि सामाजिक विकास मन्त्रालयले पनि अनुरोध गरेको छ । अस्पतालले त्यसको तयारी गर्दैछ ।

डुबानको समस्या पनि छ ?

माथिदेखि परेको पानीले सोहोरिएर गएर डुबानहरू हुने गरेको छ । डुबानको कारणले हिजो त्यहाँ बसिरहेका प्रहरीहरू त्यहाँ बस्न नसकेको अवस्था भएर तिनीहरूलाई वरपर डुबान नहुने क्षेत्रमा व्यवस्था गरिएको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्