Logo

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ १७ साउन: आज (शनिबार) काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ५ जना र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ।

त्यसैगरी देशभर ३१५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। हाल देशभर ५ हजार ३ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ। त्यसैगरी ९३ जना कोरोना परास्त गर्न सगल भएका छन् । यससंगै कोरोना परास्त गर्ने कुल संख्या १४ हजार ४९२ पुगेको छ।

नेपाल हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्