Logo

प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात



काठमाडौं, १७ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरा प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले कार्यकक्षमै हातपात गरेका छन् । उनलाई दुईजना महिला कर्मचारीले कार्यालयको कामको सिलसिलामा भनाभन भएपछि हातपात गरेका हुन् ।

कार्यालय सहयोगीका रुपमा रहेका महिलाहरुलाई राति खटाउने विषयमा सञ्जेलमाथि हाातपात भएपछि प्रहरीलाई खबर गरेका थिए । उनीमाथि विहान ११ बजे हातपात भएको बुझिएको छ ।

सञ्जेल चर्चामा आइरहने कर्मचारी हुन् । उनी विगतमा पनि विवादमा परेका थिए ।-File photo



प्रतिक्रिया दिनुहोस्