Logo

भारतका राजनीतिज्ञ अमर सिंहको निधन



एजेन्सी, १७ साउन । भारतको राज्यसभा सांसद तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा सिंगापुरमा निधन भएको हो ।

सन् २०११ मा मृगौला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्यमा समस्या देखिदै आएको थियो । पछिल्लोपटक स्वास्थ्यमा समस्या भएपछि उनलाई सिंगापुर लगिएको थियो ।

अमर सिंह अन्तर पार्टी सम्बन्ध बनाउन सक्ने नेताका रुपमा परिचित थिए । उनी कुनैबेला मुलायम सिंह यादवका खास विश्वासपात्र भनि मानिन्थे । भारतमा सरकार बनाउने र ढलाउने खेलहरुमा अमर सिंहको नाम आउँथ्यो । उनलाई चतुर राजनीतिक खेलाडी मानिन्थ्यो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्