Logo

लापरबाही बढ्यो भन्दै स्वास्थ्य मन्त्रालयले दियो कडा चेतावनी (भिडियोसहित)



साउन १७, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सिमा नाकामा आएका नागरिकको सम्बन्धित स्थानीय निकायले स्वाब संकलन गरेर कोरोनाको पिसिआर परिक्षण गर्न निर्देशन दिएको छ । पिसिआरको नतिजा नआइन्जेल क्वारेन्टाइनमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ । त्यसैगरी सिमानाकामार्फत भारतबाट आउने व्यक्तिहरुको स्वाब संकलन नगरिको पाइएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको छ ।

शनिवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भौतिक दुरी कायम राख्ने, मास्क लगाउने र सरसफाईमा ध्यान दिन विशेष अनुरोध गरे । त्यसैगरी दैनिक उपभोग्य वस्तु खरिद गरेर घरमा लैजानुअघि राम्रोसँग सफा गर्न पनि उनले सुझाब दिएका छन् ।

पछिल्लो समय सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने जस्ता लापरबाही गरेको पाइएको भन्दै त्यसो नगर्न गौतमले सुझाब दिएका छन् । त्यसैगरी सभा, सम्मेलन, जुलुस र धार्मिक भेला पनि गरेको पाइएको भन्दै त्यसो नगर्न मन्त्रालयले सुझाब दिएको छ । काठमाण्डौको जनसंख्या ६० लाख रहेको उल्लेख गर्दै मन्त्रालयले संक्रमण फैलियो भने जनस्वास्थ्यमा ठूलो असर पर्नसक्नेप्रति सचेत हुन ध्यानाकर्षण गराएको छ ।

आजको विवरण :
नेपालमा शनिवार थप ३१५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ४ सय ९२ रहेको छ ।

कुल संक्रमित मध्ये ७२.१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका हुन् । अहिले ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । तिमध्ये प्रदेश नं १ मा २ सय २५ जना, प्रदेश नं २ मा २ हजार ६६ जना, बाग्मती प्रदेशमा ५ सय ७५ जना, गण्डकी प्रदेशमा ३ सय १३ जना, प्रदेश नं ५ मा ३ सय ३ सय ८७ जना, कर्णाली प्रदेशमा २ सय ९७ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्