Logo

राजनीतिक भागवण्डामा ३२ नियुक्ति



काठमाडौं, १८ साउन । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति गर्नुपर्ने माग गर्दै दुई सातादेखि तालाबन्दी गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले राजीनामापछि मात्र वार्ता गर्ने बताएको छ ।

संघले एकलौटीरूपमा भएका नियुक्ति बदर गरी योग्यता क्षमता र विशिष्टताका आधारमा पुनः नियुक्ति गर्नुपर्ने माग दोहो¥याएको छ । संघका अध्यक्ष सह–प्राध्यापक जगत तिमल्सिनाले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डीन र क्याम्पस प्रमुखले राजीनामा दिएपछि मात्रै वार्ता गर्ने अडान लिनुभएको छ ।

 

पदाधिकारीलाई काम गर्न सजिलोका लागि नेपाली कांग्रेसबाट नियुक्ति पाएका भनिएका ७ सहित ३२ जनाको राजीनामा माग गरिएको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोेटाको कार्यकाल शुरू भएपछि पूर्वएमाले, माओवादी कोटाबाट नियुक्ति भएका सबैको राजीनामा नआएसम्म वार्ता नगर्ने संघले जनाएको छ ।

 

संघले उपलब्ध गराएको तथ्यांकअनुसार पूर्वएमालेबाट १५, पूर्वमाओवादीबाट १० र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघबाट ६ जनाको नियुक्ति गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो । पार्टी एक भए पनि नेकपा निकट दुई प्राध्यापकको छुट्टाछुट्टै संगठन अहिलेसम्म सक्रिय छ । त्यसैले पूर्वएमाले माओवादीको कोटाबाट छुट्टाछुट्टै नियुक्ति गरिएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्