Logo

नेपालमा पिसिआर परीक्षण पर्याप्त छ,सबै कोरोनाकै कारणले मरेका छैनन्ः प्रधानमन्त्रीका सल्लाहकार भट्टराई



काठमाडौं, साउन १८। नेपालमा पिसिआर परीक्षण पर्याप्त नभएकाले तत्काल बढाउनु पर्ने सर्वत्रबाट दवाव भइरहेका बेला सरकारी पदाधिकारीहरुले भने पर्याप्त भइरहेको दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा राजन भट्टराईले नेपालमा पिसिआर परीक्षण पर्याप्त भइरहेकाले आत्तिनु नपर्ने दावी गरेका हुन् ।

सरकारलाई आलोचना गर्नका लागि बोल्नेहरुले मात्रै परीक्षण पर्याप्त नभएको भन्ने गरेको तर्क गर्दै उनले अन्य देशको तुलनामा नेपालमा पिसिआर परीक्षणको अनुपात धेरै रहेको दावी गरे ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, “अन्य देशको जनसंख्याको अनुपातमा त्यहाँको परीक्षणको संख्या निकै कम छ, तर नेपालमा निकै धेरै भइसकेको छ ।”

अझै पनि कम परीक्षण भयो भन्नेहरुलाई उनले नबुझेका व्यक्ति वा सरकारप्रति पुर्वाग्रही व्यक्तिको संज्ञा दिएका छन् । तर चिकित्सक तथा विज्ञहरुले भने पिसिआर परीक्षणको दायर झै व्यापक बनाउदै लैजानु पर्नेमा सरकारले खुम्च्याउदै लगेको बताउने गरेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या पनि निकै कम भएको सल्लाहकार भट्टराईको दावी छ । प्रदेश प्रदेशमा आइसोलेसन सेन्टरहरु धमाधम खाली भएकाले चिन्ता मान्नु पर्ने वा आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए।

पिसिआर परीक्षण बनाउनु पर्ने, कोरोना नियन्त्रणका लागि सरकारले थप कदम र सक्रियता बढाउनु पर्ने, जिम्मेबार हुनु पर्ने, भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भइरहेको आन्दोलनलाई उनले अनावश्यक रुपमा उचाल्ने प्रयासका रुपमा व्याख्या गरे ।

एनफ इस एनफ आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले भने, “सरकारलाई बदनाम गर्ने नियतका साथ केही पात्र तथा समूहलाई उचाल्ने काम भइरहेको छ ।”

उनले उनीहरुको कडा आलोचना गर्दै आक्रोस व्यक्त गरे । आन्दोलनकारीहरुको भूमिका गैह्रजिम्मेबारपूण भएको टिप्पणी गर्दै सल्लाहकार भट्टराईले अहिले सरकारको विरोधको आवश्यकता र औचित्य नै नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्