Logo

सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै



काठमाडौँ १८ साउन : आज (आइतबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँमा र तेजाबी सुन ९८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो। कोरोना भाइरस महामारीसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहँदा नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्