Logo

चन्द्रयान-२ को रोबरमा क्षति नपुगेको र केही मिटर चलेको दाबी



एजेन्सी, १८ साउन । भारतले गत वर्ष चन्द्रमामा उतार्न खोज्दा दुर्घटना भएको भनिएको चन्द्रयान-२ को प्रग्यान नामको रोबरमा कुनै क्षति नपुगेको दाबी गरिएको छ । रोबर केही मिटर चलेको पनि भनिएको छ ।

नासाको तस्बिरमार्फत् प्रग्यान रोबर रहेको विक्रम यान पत्ता लगाएका चेन्नईका प्राविधिक सानमुगा सुब्रमनियाले इमेल पठाएर यस्तो दाबी गरेका हुन् । टाइम्स अफ इन्डियाका अनुसार नयाँ तस्बिरहरुले मे महिनामा प्रग्यान केही मिटर सरेको देखिएको छ । सुब्रमनियाले कसरी रोबर केही मिटर सरेको हो भनी इसरोनले निश्चित गर्न सुझाव समेत दिएका छन् ।

भारतीय अन्तरीक्षसम्बन्धी अध्ययनकर्ता इसरोनका प्रमुख के सिभनले इमेलको पुष्टि गरेका छन् । तर, नासाबाट यसबारे कुनै जानकारी प्राप्त नभएको टाइम्स अफ इन्डियालाई बताएका छन् ।

दश महिना अघि भारतले चन्द्रमामा पठाएको विक्रम ल्यान्डर सम्पर्कविहिन भएको थियो । उक्त ल्यान्डर सम्पर्कविहिन भएर चन्द्रमामा बज्रिएको भनिएको छ । ल्यान्डरसँग सम्पर्क स्थापित गर्न खोजेपनि हुन सकेको छैन ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्