Logo

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो



काठमाडौं, १८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जमा वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै सख्या ५७ पुगेको हो ।

मृत्यु हुने महिला वीरगञ्ज महानगरपालिका १६ बस्ने वर्ष ६८ की हुन् । उनी मधुमेहकी रोगी थिइन् र ज्वरो तथा स्वास प्रश्वासको समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन् । उनको १७ साउनमा मृत्यु भएको थियो ।

आज मृत्यु पुष्टि भएसँगै देशमा अहिलेसम्म ४५ पुरुष, ११ महिला र १ शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये तीनजना विदेशी छन् । मृतक विदेशीमध्ये एकजना चिनियाँ र दुईजना भारतीय हुन् ।



प्रतिक्रिया दिनुहोस्