Logo

१२ वर्ष मुनिका र ६० वर्ष माथिकालाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं, १८ साउन । कोरोना भाइरसको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले बालबालिका र बृद्धबृद्धा लाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । आजको नियमित प्रेस बिफ्रीङमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘कोरोना भाइरसको जोखिम बढ्दै गएकोले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरु घरबाट बाहिर ननिस्कनु । ’ केहि दिन अगाडी कम हुँदै गएको कोरोना संक्रमणको सख्या फेरी बढ्दै आएको छ ।

८ हजार ८ सय ६१ पिसीआर टेस्ट गरेकोमा आइतबार २ सय ४६ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको छ । त्यस्तै उपचाररत कोरोना संक्रमितको सख्या ५ हजार ६ सय ७२ रहेको छ ।

२४ घन्टामा निको भई घर फर्कनेको सख्या १ सय ११ जना रहेको छ । आजसम्म कोरोना संक्रमणबाट निको भई घर फर्कनेको सख्या १४ हजार ६ सय ३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्