Logo

चिरो इमोबिलेले जिते युरोपियन गोल्डेन बुट



काठमाडौं, १८ साउन । इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट लाजिओका स्ट्राइकर चिरो इमोबिलेले जित्न सफल भएका छन् । सिरी ए फुटबल अन्तर्गत हिजो राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले २२ औँ मिनेटमा गरेको गोल यो सिजनको लिगमा गरेको ३६ औँ गोल बन्न सफल भयो ।

योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने गोन्जालो हेगुइनको कीर्तिमानसँग बराबरी गरेका छन् । आफनो टिम पराजित भए पनि चिरोले घरेलुसँगै युरोपियन गोल्डेन बुट जित्न सफल भएका हुन् । युरोपका प्रमुख शीर्ष लिगमा सर्वाधिक गोल गर्ने व्यक्तिलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि चिरोले नै पाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्