Logo

काठमाडौं उपत्यकमा कोरोना भयावह बन्दै, एकै दिन ३१ संक्रमित थपिए



काठमाडौ, १८ साउन । आज काठमाडौ उपत्यकामा ३१ जना थपिएसँगै देशभर २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको छ । जसमध्ये संक्रमितको सख्या ५ हजार ६ सय ७२ रहेको छ । थपिएका संक्रमित मध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको सख्या १ सय ११ रहेको छ । हालसम्म कोरोना संक्रमित भई उपचार पश्चात निको हुनेको सख्या १४ हजार ६ सय ३ रहेका छन् । File photo



प्रतिक्रिया दिनुहोस्