Logo

मानव शुक्रकिटको पौडी खेल्ने अनौंठौ तरिका पत्ता लाग्यो



एजेन्सी। १८ साउन । ३४० वर्ष पूर्व डचम्यान अनुसन्धाकर्ता एन्टोनी भ्यान लीउवेनहोकले मानवको शररीबाट निस्किने शुक्राकिटको अनुसन्धान गरेका थिए । त्यो पनि आफ्नै शुक्रकिटको ।

अनुसन्धानको क्रममा उनले जीवित शुक्रकिटहरु तीव्र गतीमा सर्प अगाडी बढेको जस्तै चाल पत्ता लगाए । माइक्रोस्कोपमार्फत उनले यस्तो चाल पत्ता लगाएका थिए । सरी सर्प पानीमा पौडिने गर्छ त्यसरी नै मानवको शुक्रकिट पौडी खेल्ने गर्छ भन्ने विषयको बारेमा सन् १६७८ मा बेलायतको रोयल सोसाइटीका सचिवलाई पत्रमार्फत जानकारी दिए ।

उनले कम्पाउण्ड माइक्रोस्कोपको पत्ता लगाएका थिए । शुक्रकिटको पुच्छर सर्प जस्तै हल्लेर अगाडि बढेको समेत खुलाएका थिए । शुक्रकिटलाई आफ्नो आखाँले देखे जसरी नहुने बन्दै उनले स्पष्ट समेत पारेका छन् ।

आँखाले देखिएको शुक्रकिट माइक्रोस्कोपमा देखिएभन्दा निकै फरक रहेको उनले स्पष्ट समेत पारेका थिए । शुक्रकिटको चाललाई पत्ता लगाउन उच्च प्रविधिको क्यामेरा आवश्यक रहेको जसले एक सकेण्डमा ५५ हजार फ्रेम कैद गर्न सक्छ । वास्तविक रुपमा शुक्रकिटको पुच्छर एकपट्टि भइ मात्र अगाडी बढ्ने गर्दछ । उक्त शुक्रकिट अरु भन्दा चलाख हुने र निरन्तर गोलाकार रुपमा घुम्न सक्ने जनाइएको थियो ।

शुक्रकिटको घुमाई निकै महत्वपूर्ण मानिने गर्दछ । किनकी गोलाकार प्रक्रियाबाट घुम्ने शुक्राणुपछि गएर सिधा जाने गर्दछ । विगतमा भएको अनुसन्धालाई खण्डन गर्न मेक्सिकोमा उक्त विषयको अनुसन्धान भएको थियो ।

अनुसन्धान करिब दुई वर्ष निरन्तर चलको थियो । उक्त समय अवधि भरमा शुक्रकिट केही मात्रामा मात्र सर्पको तरिकाले पौडी खेल्ने पत्ता लाग्यो । अझै यस विषयको अनुसन्धानहरु भइरहेको समेत जनाइएको छ । अन्ततः शुक्रकिट स्वस्थ्य हुन आवश्यक छ । जसले प्रजजन क्षमतालाई विकास गर्न मद्दत गर्दछ । शुक्रकिटको अगामी हुने अनुसन्धान निकै रोचक हुने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्