Logo

आरडिटी टेस्ट नगर्न स्वास्थ्यको निर्देशन



काठमाडौं, १८ साउन । देशभर  आरडिटी टेस्ट नर्गन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निर्देशन दिएको छ । अस्पतालहरुको उपचारहरुमा बाधा अबरोध उत्पन्न भएको जानकारी आएपछि यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले अबदेखि आरडिटी परिक्षण रोक्न निर्देशन दिएको जानकारी दिएका हुन् । देशभर आज २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको छ ।

जसमध्ये संक्रमितको सख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको सख्या १ सय ११ रहेको छ । हालसम्म कोरोना संक्रमित भई उपचार पश्चात निको हुनेको सख्या १४ हजार ६ सय ३ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्