Logo

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित, अस्पताल भर्ना हुँदै



एजेन्सी, १८ साउन । भारतका गृहमन्त्री अमित शाह कोरोना भाइरसको संक्रमित भएका छन् । उनले आज ट्वीट गर्दै आफूलाई कोभिड-१९ पोजेटिभ भएको खुलाएका हुन् ।

शाहले अब चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना हुन लागेको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य ठिक रहेपनि अस्पताल भर्ना हुने बताए ।

शाहले आफूसँग सम्पर्कमा आएकालाई पनि चेकजाँच गर्न आग्रह गरेका छन् । सबैलाई आइशोलेशनमा बस्न भनेका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्