Logo

बाबुको हत्या गरेर पशुपति दाहसंस्कार गर्न लाँदा छोरा पक्राउ



ललितपुर, १८ साउन । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी छम्पी डाइछापका नेपालीे पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगेको बुबाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेका सन्तोषलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्