Logo

घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणी उद्योग



बर्दिया,१८ साउन । महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा श्याम थारु पक्राउ परेका छन् । गुलरिया कोठियागाउँका थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

घरमा कोही नभएको अवस्थामा महिलालाई जबरजस्ती करणी उद्योग गरेका थारुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्