Logo

गाँजा सहित ३ जना पक्राउ



काठमाडौं, १८ साउन । अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । मकवानपुर, राक्सीराङ श्री कुमारी प्रजालाई ५ केजी अवैध अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मनहरी पेन्चिस्थित चैनपुरबाट मनहरीतर्फ आउने बाटोमा लागूऔषध लुकाई छिपाई ल्याईरहेका सुचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

त्यस्तै पोखरा रानीपौवाका राजेश परियार लगायत २ जनालाई करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका कांहु डाँडामा ग.८ प ५२०० नम्बरको मोटरसाइकल वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त अवैध लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्