Logo

कपिल शर्माको शो लाई सलमानको कारण यसकारण बहिस्कार



एजेन्सी, १८ साउन । कोरोना भाइरस लकडाउनको कारण धेरै महिना देखि शुटिंगका कार्य रोकिएका थिए अब भने शुरु भएका छन् । शुर्टिंग सुरु भएपछि लोकप्रिय हास्य टेलिभिजन शो द कपिल शर्मा शो को पनि नयाँ एपिसोड शुट भएको छ, जसमा पहिलो गेस्ट कलाकार सोनु सुद थिए । जो लकडाउनको क्रममा मजदुरहरुलाई सहयोग गरेको कारण मिडियामा छाएका थिए । अब आउने एपिसोडको कसैले स्वागत गरिरहेका छन् भने कसैले विरोध गरिरहेका छन् ।

केही प्रयोग कर्ताले ट्विटरमा एपिसोडका बहिस्कार गर्दै कपिल शर्माको शो को बहिस्कार गर्न आग्रह गरेका छन् । यो किन भयो त आज सम्म राम्रोसँग चलेको शो एकाएक बहिस्कारको कुरा किन आयो ।

वास्तवमा चर्चित शो बहिस्कार गर्नुको कारण सुशान्त सिंह राजपुतको निधनसँग जोडिएको छ । केहि प्रयोगकर्ताहरुले राजपुतको केसमा सुपरस्टार सलमान खानमाथी पनि आरोप लगाएका छन् र उनलाई पनि विवादमा पार्न कोशिश गरिरहेका छन् ।

उनले मानिसहरुलाई भनेका छन्, सलमान खान द कपिल शर्मा शोको निर्माता हुन् । यसैमा सलमान खानको बहिस्कार गर्दै द कपिल शर्मा शो को बहिस्कार गरौ । मानिसहरुले बताएका छन्, कपिल शर्मा शो धेरै मन पर्ने भएपनि हाल भने सलमान खानको कारण विरोध गरिरहेका छन् ।

लकडाउन पछि शुट गरेको पहिलो शो मा सोनु सुद गेस्ट थिए । उनले अन्य देशका र भारतका मानिसहरुको बारेमा भावुक भएको सिन पनि देखिन्थ्यो । उनको कामलाई धेरैले धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्