Logo

सुशान्तको साथीले भनेः रियाले सुशान्तलाई कसैसँग जोडिन दिइनन्



एजेन्सी, १८ साउन । सुशान्त सिंह राजपुतको आत्महत्या केसमा रिया चक्रवर्तीको विरुद्ध एपआर्ईआरमा मुद्दा दर्ता भएपछि केसको अनुसन्धान गर्ने तरीका परिर्वतन भएको छ । अभिनेता सुशान्त लाई आत्महत्या गर्न उक्साउने, पैसाको हेरफेर गरेको आरोप जस्ता केही आरोप लगाइएको छ, जसको कारण रिया चक्रवर्तीविरुद्ध सबैको नजर गएको छ ।

रिया चक्रवर्तीमाथी सुशान्तका पिता र अरुले आरोप लगाएपछि सुशान्तका साथीहरुपनि उनी विरुद्ध बोल्न थालेका छन् । रियालाई सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लागेपछि उनले एक भिडियो शेयर गरेकी थिइन्, जसमा उनी सेतो ड्रेसमा देखिएकी छिन् । साथमा आफुमाथी लगाएको आरोपलाई गलत भएको बताउदै सत्यको जित हुनेछ भनेकी थिइन् । उनले आफुलाई लागेको आरोपपछि पहिलो पल्ट भिडियो मार्फत प्रतिक्रृया दिएकी हुन् । यस भिडियोमा सुशान्तको साथी बैरेटोले रियाको भिडियोमा कमेन्ट गर्दै रियाले सुशान्तलाई कसैसँग भेट्न नदिने भएकोले नम्बर परिर्वतन गर्ने बताएका थिए ।

क्रिस्सन बैरेटोले कमेन्टमा लेखेका छन्, ‘जबबाट सुशान्त यी महिलासँग डेटिङ गर्न सुरु गरेपछि उनलाई कसैसँग भेट्न दिएकी थिइनन् र उनका सबै साथीहरुबाट टाढा राख्नलाई नम्बर समेत परिवर्तन गराएकी थिइन् । हामीले सुशान्तसँग पुग्न धेरै कोशिश गरेपनि पुग्न सकेनौ । उनका पिता र परिवारसँग पनि कुराकानी गर्न दिएकी थिइनन् । एकदिन रियाको सत्यता बाहिर आउनेछ, हामी यसको ध्यान राख्नेछौ । ’

क्रिस्सनले अर्को पनि डर लाग्दो कमेन्ट गरेका छन् जसमा आफुलाई कसैले मार्ने खतरा भएको जानकारी दिदै सुशान्तलाई जसले जसरी मारेको हो त्यसरी नै आफुलाई पनि मार्न आग्रह गरेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्