Logo

कोल्ड ड्रिंक्सको कारण ७ वर्षको प्रेम टुट्यो



आपसमा नातामा जहाँ माया हुन्छ त्यहाँ प्राय झगडा भएको पनि देखेका छौ । नाता सम्बन्ध चाहे दिदी भाईको, श्रीमान–श्रीमतीको होस् वा पे्रमी प्रेमीका एक अर्कामा कहिले काँही खटपट आइरहन्छ । तर केहि मानिसहरु आफ्नो सम्बन्ध बचाउनको लागि भरसक प्रयास गरीरहेका हुन्छन् भने कसैले सानो तिनो समस्यामा पनि सम्बन्ध तोड्न पुग्छन् । यस्नै चीनमा एक त्यस्तै समस्या उत्पन्न भएको छ । जहाँ एक कोल्ड ड्रिकको कारण ७ वर्षको पुरानो सम्बन्ध टुटेको छ ।

तपाइँलाई लाग्न सक्छ जाबो कोल्ड ड्रिक्सको लागि कसैले पुरानो नाता तोड्ला तर यो वास्तविकता हो । चीनकी एक युवती घुम्नलाई आफ्नो पे्रमीसँग गएकी थिइन् । घुम्ने क्रममा युवतीले धेरै समयसम्म पानी पनि पिएकी थिइनन्, तर घर जाने समयमा प्यास लागेर कोल्ड ड्रिंक्स खरिद गरिन् र पिउन थालिन् । दिनभर घुम्दै गर्दा उनका प्रेमीले घर पुगेर पिउने किन बाहिर खर्च गर्नुप¥यो भन्दै टार्दै आएका थिए । बाहिरको चीज स्वास्थ्यको लागि राम्रो नहुने भएकोले घरमा नै गएर पानी पिऊ भन्दै आएका पे्रमीलाई प्रेमीकाले त्यागी दिएकी छिन् ।

बाहिरको खानेकुराले स्वास्थ्यमा हानी र साथीको प्रेमीकाको उदाहरण दिदै अरुले पानीको बोतल बोकेर हिड्ने गरेको बताएकाले आफुलाई रिस उठेर ७ वर्षसम्मको प्रेमलाई तिलाञ्जली दिएको सामाजिक सञ्जालमार्फत सेयर गरेकी हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्