Logo

देशभरका भूमिहीन, सुकुम्बासीलाई जमिनको मालिक बनाउँनु छ : मन्त्री अर्याल



ललितपुर, १८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले देशभरका भूमिहीन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै यो महत्वपुर्ण कार्यलाई अगाडि बढाउन निर्देशन दिएकी छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी हुन् । आइतवार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिईन्  ।

मन्त्री अर्यालले भनिन्–‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस’, यो काम छिटो अगाडि बढाउनुपर्छ त्यता लाग्नुस ।’

मन्त्री अर्यालले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिईन् । छलफल कार्यक्रममा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भने, सबै मिलेर भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्