Logo

“गमलाको बिरुवा” 



बिनोद पोख्रेल : 

करेसा बारिमा सुक्दै गरेको बिरुवा

आफ्नै घर भित्र ठुलै गमलामा सारे

मलजल राखेर स्याहार संभार गरे

अलि हुर्काउन बढाउन कोशिस गरे

बिरुवा हुर्केछ अलि ठुलो भएछ

मेरो आगनको शोभा बढदै गयो

मैले अझै अलि बढि हेर चाह गरिरहे

गमला ठुलो भएकोले बिरुवा बढदै गयो

बाहिर बाट चराहरु पनि आउन थाले

आपसि माया प्रेम साटदै खुसि हुन थाले

यता आगनमा फोहर गर्न थाले

तर मैलाई दुख लागेन आफ्नै गमला थियो

खुसि हुदै सफा गर्दै गए फोहर फाल्दै गए

तर अहिले गमलाको बिरुवा मात्र होईन

आफ्नो घर आगनमै फोहर गर्न थाले

जता कतै बिष्ट फ्याक्न थाले

अहिले म धर्म संकटमा छु

आफैले सम्हालेर राखेको सुन्दर गमला

कसरि सहजै बाहिर फ्याक्न सक्छुर

आफैले मल जल हालेर हुर्राएको बिरुवा

कसरि हाँगा बिंगा छाटन सक्छुर

तर बिबस छु आगनमा फोहर धेरै भैसक्यो

घर परिवारमै नैरास्यता आई सक्यो

अब बिरुवाको छाट काट गर्नै पर्छ

कित गमला करेसा बारिमा सार्नै पर्छ

अन्यथा मेरो घर परिवारमै कचिंगल हुनेछ

घरमै मन मुटाबहरु बढनेछन

करेसा बारिको एउटा बिरुवाको मायाले

मेरो घर भित्रै तरंग पैदा गरि दियो

एउटा गमलाको बिरुवाको चाहनाले

मन भित्र गंभिर चिन्तन बढाई दियो

तर मेरो गमला को भबिष्य केहुने

अन्तिम निर्णय के गर्ने त्यस प्रति

म दृढ़ छु कठोर छु !!

 

हाल न्यूयोर्क 

जुलाई २५, २०२०



प्रतिक्रिया दिनुहोस्