Logo

भारतमा कोरोना संक्रमण भयावह बन्दा नेपालमा खतरा



साउन १८, काठमाण्डौ । भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । गत सोमबार अत्याधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा मंगलबार ४६ हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार ३ हजारले बढेर ४९ हजार ६ सय ३२ पुगेको थियो भने बिहिबार ५२ हजार २ सय ४९ जना पुगेका थिए । शुक्रबार ३ हजार संक्रमित थपिदै रेकर्ड कायम भएको थियो ।

हालसम्म १७ लाख ५४ हजार भन्दा बढिमा संक्रमण देखिएको छ भने ३७ हजार बढिको मृत्यु भईरकेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । यसरी भारतमा संक्रमण बढ्नाले नेपालमा पनि असर परेको छ । नेपालसँग जोडिएको चार राज्य उत्तारञ्चल, उत्तरप्रदेश, पश्चिम बंगाल, बिहारमा निक्कै संक्रमण बढेको कारण नेपालले धेरै सतरकता अपनाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मंत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनअघि बताइसकेका थिए ।

भारतमा अहिलेसम्म १ करोड ९८ लाख २५ हजार जनाको कोरोना परिक्षण सम्पन्न भइसकेको छ । तिमध्ये १७ लाख ६० हजारमा संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ११ लाख ५० हजारको सफल उपचार भएको छ । तर ५लाख ७० हजारको उपचार भइरहेको छ । तिमध्ये करिब ९ हजारको अवस्था गम्भीर छ ।

भारतसँग सिमाना जोडिएका झापा, वीरगन्ज, कैलालीलगायतका जिल्लामा संक्रमण धेरै बढेको छ । सीमा क्षेत्रबाट भित्रभित्रै ओहोरदोहोर भएको कारण संक्रमण बढेको हो । यसरी नेपालमा संक्रमण बढ्दैगएको बेला अब फेरी नाकामा कडाई गरी स्थिति हेरेर पुन लकडाउन गर्न आवश्यक देखिन्छ । संक्रमणको स्थितिबाट जोगिन नागरिक आफैपनि सतर्क हुनै पर्छ ।



प्रतिक्रिया दिनुहोस्