Logo

अमिताभ बच्चनले कोरोनालाई जिते



एजेन्सी, १८ साउन । बलिउड सुपरस्टार अमिताभ बच्चनले कोरोना भाइरसलाई जितेका छन् । उनी संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अमिताभले ट्वीट गर्दै आफू संक्रमणमुक्त भएको जानकारी गराएका छन् । उनले अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मुम्बईस्थित नानावती अस्पतालमा अमिताभको उपचार भएको थियो ।

अमिताभकी छोरा अभिषेक बच्चन भने कोरोना मुक्त भएका छैनन् । उनी अस्पतालमै उपचाररत छन् । बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन भने कोरोनामुक्त भई घर फर्किइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्