Logo

सुवास नेम्वाङको दाबी : ‘नेकपा फुट्दैन, तर जनता सतर्क चाहीँ रहनुपर्छ’ (भिडिओसहित)



काठमाडौं, १८ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन् । उनले नेकपा कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् लोकप्रिय कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफू व्यक्तिनिकट भन्दापनि नेकपानिकट भएको जिकिर गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको साँढे दुई वर्षको कार्यकालमा ओलीले ईतिहासमा रहनेखालका काम गरेको पनि दाबी गरे । हेरौं भिडिओ:



प्रतिक्रिया दिनुहोस्