Logo

सचिवालयमा ओलीको बहुमत पुगेपछि प्रचण्ड–नेपाल तनाबमा



काठमाडौं, १९ साउन । सत्तारुढ दल नेकपाभित्र समिकरण परिवर्तन भएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा बहुमत जुटाउन सफल हुनुभएको छ । एक महिनादेखि जारी नेकपाभित्रको विवाद समाधान गर्न भन्दै उपाध्यक्ष वामदेव गौतमले छ बुँदे सहमतिको खाका अगाडि सारेसँगै ओली बहुमतमा पुग्नुभएको छ । सचिवालयमा अल्पमतमा रहनुभएका ओलीलाई पछिल्लो सयममा उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापाले साथ दिएपछि ओली थप बलियो हुनुभएको छ ।

ओलीको पक्षमा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा उभिएका छन् । नौ सदस्यीय सचिवालयमा ओली बहुमतमा पुगेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल तनाबमा पर्नुभएको छ । नौ सदस्यीय सचिवालय ओली नेपालको पक्षमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

वामदेव गौतमको आडमा प्रचण्ड नेपालले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद कुनै पनि हालतमा छोडन दबाब दिएका थिए । तर गौतमको युर्टन भएसँगै प्रचण्ड नेपाल पक्ष हच्चिकिएका छन् । ओली र प्रचण्डबीच ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएर पार्टी सञ्चालन गर्ने यसअघि नै सम्झौता भएपनि वरिष्ठ नेता नेपालको असन्तुष्टिको कारण विवाद सुल्झिन नसकेको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्