Logo

कोरोनाबाट विश्वभर सात लाख मानिस मृत्युको नजीक



काठमाडौं, साउन १८ । कोरोना महामारीबाट विश्वभर एक करोड ८२ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८२ लाख ३१ हजार पाँच सय ३५ जना पुगेको छ ।

यस्तै, आज विहानसम्म ६ लाख ९२ हजार ६ सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड १४ लाख ४३ हजार आठ सय ४४ जनाले कोरोना जितेका छन ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ५८ हजार ६ सय ६५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९४ हजार एक सय ३०, भारतमा ३८ हजार एक सय ६८ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्