Logo

पहिरोमा परी कभर्डहल बनाउन टहरोमा बसेका आठ कामदार वेपत्ता



सिन्धुपाल्चोक, १९ साउन । मेलम्चीमा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर आठ जना वेपत्ता भएका छन् भने एकजनाको जिवीतै उद्धार गरिएको छ ।

स्थानीयवासीका अनुसार ६-७ घण्टासम्म भएको ‘अति भारी’ वर्षाले पहिरो जादाँ उनिहरु बेपत्ता भएका हुन् । आज विहान ६ बजेतिर पहिरो गएको हो । अहिले उद्धारकार्य जारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये २ जना भारतीय र अन्य विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot