Logo

आरडिटी नेगेटिभ वडाध्यक्षको श्वास फेर्न समस्या भएपछि निधन, कोरोनाको आशंका



रौतहट, साउन १९ । आरडिटी नेगेटिभ आएका रौतहटमा एक जना वडाध्यक्षको निधन भएको छ। इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो।

दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। तीनदिन पहिले निजको आरडिटी गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्