Logo

मेलम्ची पहिरोः सात जनाको शव भेटियो, एक अझै वेपत्ता



सिन्धुपाल्चोक, साउन १९ । मेलम्चीमा पहिरोबाट बेपत्ता मध्ये सात जनाको शव भेटिएको छ ।
गए रातिको अविरल वर्षासंगै गएको पहिरोले मेलम्ची–११ मेलम्ची बजारमा बन्दै गरेको कभर्ड हल पुरिदा आठ जना बेपत्ता भएका थिए । पहिरोमा हराएका मध्ये सात जना मृत भेटिएपनि एक जना भने अझै वेपत्ता छन् ।

पहिरोमा पुरिनेहरु सबै कभर्डहल निर्माण गर्ने कामदार रहेका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी गरिहेको छ ।



प्रतिक्रिया दिनुहोस्