Logo

मोदीलाई लता मंगेशकरको ‘राखी सन्देश’- भारतलाई अझ उचाईमा लान वचन दिनुहोस् (भिडियोसहित)



एजेन्सी, १९ साउन । लोकप्रीय गायिका लता मंगेशकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो तर्फबाट राखी भन्दै सन्देश दिएकी छिन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा अडियो सन्देश दिदै मोदीको खुलेर प्रशंशा गरेकी छिन् ।

नरेन्द्र भाइ आज राखीको शुभ अवसरमा म तपाईंलाई प्रणाम गर्छु, लताले भनिन्, ‘राखीको दिन हामीलाई बचन दिनुहोस् कि तपाई भारतलाई योभन्दा उचाईमा लिएर जानुहुनेछ ।’ उनले मोदीले भारतका लागि धेरै राम्रो काम गरेको र धेरै राम्रो कुरा पनि गरेको बताइन् । मोदीको काम कहिले भुल्न नसकिने खालको भएको उनको भनाई थियो ।

लताले भनिन्, ‘तपाईंले आफ्नो देशका लागि यति धेरै काम गर्नुभएको छ यति राम्रो कुरा गर्नुभएको छ कि देशवासी कहिले भुल्न सक्दैनन् ।’ भारतको करोडौं महिलाले आफ्नो हात राखीका लागि मोदीको हाततर्फ बढाएपनि राखी बाँध्न मुश्किल अवस्था रहेको बताइन् ।

लताको ट्वीटलाई मोदीले रिट्वीट गर्दै जवाफ फर्काएका छन् । उनले लतालाई दिदी भन्दै भावपूर्ण सन्देश असिम प्रेरणा र ऊर्जा दिनसक्ने भएको बताइन् । उनले भनेका छन्, ‘करोडौं आमा र दिदीबहिनीको आशिर्वादबाट हाम्रो देशले नयाँ उचाई छुनेछ, नयाँ नयाँ सफलता प्राप्त हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्