Logo

ओली-दाहाल भेटवार्ता : ‘ब्राउन ब्रेड’ र ‘जेरी’ खाँदै जनैपूर्णिमाको शुभकामना आदानप्रदान



काठमाडौं, १९ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । तर, दुई अध्यक्षबीच पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि भोलिपनि छलफलमा बस्ने सहमति भएको छ । उक्त छलफलमा सहभागी बरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार आजको भेटवार्ता जनैपूर्णिमाको शुभकामना आदानप्रदानबाट सुरु भएको थियो । र, तातोतातो चिया र ब्राउन ब्रेड खाईएको पनि उनले सुनाए ।

ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन

दुवै अध्यक्षले यसअघिझैं आफ्नो अडान यथावत राखेकोले आज ठोस सहमति हुन नसकेको हो । तर, प्रधानमन्त्री ओली विगतभन्दा आज अलिकति लचिलो भएकोले सहमतिको सम्भावना बढेर गएको खनालको दाबी छ । खनालले भने,‘आजको छलफलमा ठोस सहमति नभएपनि वार्ता सकारात्मक भएको छ । यसले सहमति हुने सम्भावना बढाएको छ । र, विगतभन्दा आज प्रधानमन्त्री ओलीजी नरम देखिनुभएको छ । हामीले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिने कुरा राख्यौं, र त्यही बैठकबाटै समाधान खोज्नुपर्छ भनेका छौं । उहाँले स्थायी कमिटी बैठक राख्न आनाकानी गर्नुभएको छ । दुई जना अध्यक्षहरु भोलिपनि छलफलमा बस्नुहुन्छ ।’

दाहाललाई चुनावी सरकारको नेतृत्व गर्न दिन ओली तयार, भोलि ठोस सहमति हुँदै

सचिवालयमा ओलीको बहुमत पुगेपछि प्रचण्ड–नेपाल तनाबमा

आजको भेटवार्तामा अध्यक्षद्धय ओली र दाहालसँगै बरिष्ठ नेता खनाल र नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत सहभागी थिए । हिजो (आइतबार) पनि चारै जना नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । तर, ठोस सहमति भएको थिएन । त्यसकै निरन्तरतामा नेताहरु आज पूनः छलफलमा जुटेका थिए ।

ओलीले दाहालसँगको हिजोको भेटवार्तामा पनि आफू स्थायी कमिटी बैठक राख्ने पक्षमा नरहेको अडान राखेका थिए । र, आजपनि उक्त अडान दोहोर्याएका थिए । तर, दाहालले भने स्थायी कमिटीको बैठलाई निरन्तरता दिएर छिटोभन्दा छिटो अहिलेको समस्यालाई समाधान गर्नुपर्ने मत राखेका छन् । गत असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक प्रभावित बन्दै आएको छ । बैठकको सुरुवातमै अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । तर, ओलीले आफूले दुवै पदबाट अहिले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

के प्रचण्डमा साहस हराएकै हो ?

दाहालसँगको पछिल्लो भेटवार्तामा ओलीले सचिवालय बैठक राख्नुपर्ने मत राखेका छन् । सचिवालयमा ओली बहुमतमा छन् । उपाध्यक्ष वामदेव गौतमले संसदको यो कार्यकालसम्म र पार्टी एकता महाधिवेशन नभएसम्म ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवैबाट हटाउन नहुने भन्दै ६ बुँदे प्रस्ताव अघि सारेर आफूलाई ओलीको कित्तामा उभ्याएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलपनि ओलीलाई हटाउन नहुने पक्षमा छन् । ओलीको क्याम्पमा गौतम र थापासहित महासचिव विष्णु पौडेल र उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल छन् । ९ सदस्यीय सचिवालयमा दाहालको समूहमा बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । file photo



प्रतिक्रिया दिनुहोस्