Logo

लकडाउन गर्ने सरकारको तयारी



काठमाडौं, १९ साउन । सरकारले फेरि लकडाउनको तयारी गरेको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् । ७ साउनबाट लकडाउन अन्तको घोषणा भएपनि त्यसको दुई हप्ता नबित्दै सरकार फेरि लकडाउनको तयारीमा लागेको छ ।

सरकारले छिट्टै सवारीमा जोर बिजोर प्रणाली लागू गर्दैछ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ ।

समुदायमा समेत कोरोना फैलिएपछि सरकार गम्भीर भएको हो । पछिल्लो समय कोरोना भाइरस लक्षणसहितको र खतरनाक देखिएको छ । मुख्य शहरहरुमा आइशोलेशन र भ्यान्टिलेटरको अभाव देखिन थालेको छ । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले तत्काल स्थिति अनियन्त्रित हुन नदिन कम्तिमा दुई हप्ता लकडाउन गर्ने सुझाव अगाडि बढाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमित संख्या २० हजार बढेको र मृतक संख्या ५७ पुगेको छ । तर, पछिल्लो समय समुदायमै संक्रमण निकै फैलिइरहेको छ । अवस्थालाई दृष्टिगत गरी वीरगञ्जमा निषेधाज्ञा नै जारी गरिएको छ । विराटनगरमा लकडाउन छ । कतिपय शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्