Logo

उपत्यकामा भयावह बन्दै कोरोना महामारी, एकै दिन ५१ संक्रमित थपिए



काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज संक्रमित संख्या एकै दिन ५१  जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका छन् ।

देशभर ४ सय १८ जना संक्रमित संख्या थपिएकोमा उपत्यकामा पनि संख्या थपिदै गएको छ । उपत्यकाभित्र संक्रमण फैलदै गएपछि सरकार गम्भीर भएको छ । सवारीको जोर बिजोर प्रणाली लागू गर्ने देखि पुनः लकडाउने गर्ने तयारी समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस्