Logo

६० वर्ष माथिकालाई कोरोना संक्रमण भए जोगाउन कठिन–स्वास्थ्य मन्त्रालयका प्रवक्ता



काठमाडौं, १९ साउन । कोरोना भाइरसको संक्रमणबाट ६० वर्ष भन्दा माथिकालाई जोगाउन कठिन हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

उनले आजको नियमित प्रेस विफ्रीङमा जोखिम उठाएर बाहिर ननिस्कन बुद्ध र बच्चाहरुको लागि यस्तो आग्रह गरेका हुन् । गौतमले भने, ‘६० वर्ष पुगेका बृद्धवृद्धा घरबाट बाहिर ननिस्कनु होला, तपाईलाई कोरोनाको इन्फेक्शन भयो भने ज्यान बचाउन धेरै गाह्रो हुन्छ ।’ उनले ६० वर्ष माथिका मुत्युदर धेरै बढी भएको समेत जानकारी दिए ।

गौतमले १२ वर्ष मुनिकालाई पनि बाहिर निस्कन नदिन आग्रह गरे । उनले भने, ‘बालबालिका भौतिक दुरी कायम गर्न सक्दैनन् र माक्स पनि लगाउन सक्दैनन् र कोभिड –१९ को इन्फेक्सनबाट बचाउन गाह्रो हुन्छ ।’ आज ७ हजार ६ सय ३७ जनाको पिसीआर जाँचमा ४ सय १८ जनाको रिर्पोट पोजेटिभ आएको हो । योसँगै कुल संक्रमितको सख्या २० हजार ७ सय ५० पुगेको छ । आज मात्र काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म कोरोना संक्रमणबाट नेपालमा ५७ जनाको मुत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्